Types of Deposit
प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमा सदस्य रहँदा सम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत भनिने छ । प्रत्येक महिनाको तोकिएको दिन अथवा सोभन्दा अगावै मासिक रुपमा जम्मा गर्ने गरी सदस्यले कबुल गरेको बचतलाई नियमित बचत भनिनेछ । यस्तो बचतमा सदस्यले मासिक न्युनतम रु.५०।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछ ।यस्तो बचतमा सदस्यको नियमित आय क्षमताको आधारमा एक आर्थिक वर्षभरी समान दरमा जम्मा गर्नुपर्नेछ ।
संस्थाका सदस्यहरूले आफूस“ग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । सदस्य बने पश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्नुपर्नेछ । संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु व्याज, लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम यसै खाता मार्फत भुक्तानी दिनेछ । यस्तो बचतमा न्यूनतम रू १००० देखि संस्थाको क्षमता अनुरुप जतिसुकै रकम स्वीकार गर्न सकिने छ ।
दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ । दैनिक बचतमा न्यूनतम रू २५ देखी माथी जतिसुकै रकम जम्मा गर्न सकिने छ । यस्तो खाता सञ्चालन गर्दा संस्था र सदस्यबीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि निश्चित गरिन्छ ।
सदस्यद्वारा संरक्षित ५ वर्षमुनीका बालबालिकाहरुले मासिक वा ऐच्छिक रुपमा जम्मा गर्ने बचतलाई कोपिला बचत भनिनेछ । यस्तो बचतमा बाल बचतकर्ताले न्युनतम रु १०० देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछ । मासिक रुपमा जम्मा गर्नुपर्ने रकम बाहेक थप रकम समेत जम्मा गर्न चाहेमा यस्तो खातामा जम्मा गर्न प्रोत्साहित गरिनेछ ।
सदस्यको संरक्षकत्वमा रहेका ५ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुले मासिक वा ऐच्छिक रूपमा जम्मा गर्ने बचतलाई वाल बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रु ५०० देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ ।
घरमा कुनैपनि माध्यमबाट प्राप्त हुने सानो सानो रकमलाई पुँजी निर्माणमा उपयोग गर्नको लागि संस्थाका सदस्यहरूले आफूस“ग भएको थोरै, थोरै रकमलाई घरमा नै खुत्रुकेमा जम्मा गरी बेला–बेलामा संस्थामा ल्याई वा संस्थाका कर्मचारी नै सदस्यको घरमा गई जम्मा गरिने बचतलाई खुत्रुके बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रु.१०० देखि अधिकतम् जति पनि बचत गर्न सकिने छ । खुत्रुके बचत संचालन गर्न चाहने सदस्यलाई संस्थाले संस्थाको आफ्नै लागतमा वा सदस्यको लागत सहभागितामा खुत्रुके उपलब्ध गराउनेछ ।
संस्थाका महिला सदस्यहरूले आफ्नो खरखाँचो टार्नको लागि संस्थामा नियमित वा ऐच्छिक रूपमा जम्मा गर्ने बचतलाई गृहिणी बचत भनिने छ । यस्ता बचत न्यूनतम १०० देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ ।
संस्थाका सदस्यहरू मध्ये ७० वर्ष उमेर पुगेका सदस्यहरू बाट मासिक वा ऐच्छिक रूपमा जम्मा गरिने बचत लाई जेष्ठ सदस्य बचत भनिने छ । यस्तो बचतमा न्यूनतम १०० र अधिकतम रु २०० बचत गर्न सकिनेछ सो वचतमा सहकारीको तर्फवाट १० प्रतिशत थप गरीने छ । साथै राज्यले वा अन्य कुनै माध्यमबाट प्राप्त रकमको व्यवस्थापन गरी वृद्धावस्थामा परिचालन गरी आत्मसम्मान र स्वाभिमानका साथ जीवनयापनको लागि सहयोग पुर्याउने उद्देश्यका साथ यो बचत सञ्चालन गर्न संस्थाले विशेष प्राथमिकता निर्धारण गर्न सक्नेछ ।
संस्थाका सदस्यहरूले निश्चित अवधि सम्मकोलागि सम्झौता गरी राखिने बचतलाई आवधिक बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रू.१०००० देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ । यसरी संकलन गरिने बचत संस्थाको कूल बचतको २० प्रतिशत भन्दा बढी हुने गरी स्वीकार गरिने छैन ।
कुनै विशेष शिर्षक तोकी सोहि प्रयोजनको लागि रकम झिक्ने गरी गरिने बचतलाई विशेष बचत भनिनेछ । विशेष बचतमा सदस्यले न्यूनतम २५००० देखि अधिकतम जतिसुकै रकम.सम्म जम्मा गर्न सक्नेछ ।
सामाजिक उद्देश्यका लागि सदस्य, विद्यालय, गुठी, समूह, संगठित संघ संस्थाहरुले अक्षयकोष स्थापना गरी सामुदायिक विद्यालय, गुठी, पाटी, पौवा, धारा, चौतारी, प्रतिक्षालय, पुल पुलेसो आदिमा सहयोग गर्ने उद्देश्यले रकम व्यवस्थापन गर्न प्रयोजन खुलाई गर्ने बचतलाई सामाजिक बचत भनिनेछ । यस्तो बचतमा न्यूनतम रु.१००० देखि अधिकतम जतिसुकै रकम सम्म जम्मा गर्न सक्नेछ ।
सदस्यहरुले चाडपर्व मनाउनको लागि जम्मा गरिने बचतलाई चाडपर्ब बचत भनिनेछ । यस्तो बचतमा सदस्यले न्यूनतम रु.५०० देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछ ।
सदस्यहरुले तोकिएको किस्ता अवधि खुलाई क्रमिक रुपमा बचत गर्दै जाने र तोकिए बमोजिमको किस्ता जम्मा गरिसके पश्चात संस्थाबाट निश्चित गरीएको एकमुष्ट रकम भुक्तानी गर्ने बचतलाई क्रमिक बचत भनिनेछ । यस्तो बचतमा सदस्यले न्युनतम रु. १०००. बचत जम्मा गर्नुपर्ने छ ।
सदस्यले आफ्नो रोजाई अनुरुप वा आफ्ना परिवारका सदस्यहरुको चाहना अनुरुपका गहना आफ्नै बचतबाट खरिद गर्ने प्रयोजनले गरिने बचतलाई गहना बचत भनिनेछ । सुन, चाँदी, हिरा, मोती वा यस्तै अन्य बहुमुल्य धातुजन्य गहना खरिद गर्न मासिक वा ऐच्छिक रुपमा जम्मा गर्ने बचतलाई गहना बचत भनिन्छ । यस्तो बचत निश्चित रकम पुरा नहुँदा वा चाहेको गहना खरिदको लागि पर्याप्त रकम नपुगुञ्जेल निरन्तर गर्नुपर्ने छ । यस्तो बचतमा एकपटकमा न्यूनतम रु.५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
सदस्यहरुका सन्तती वा आफ्नै उच्च शिक्षाको लागि चाहिने ठुलो रकमलाई लक्षित गरी निश्चित अवधिसम्म नझिक्ने गरी संस्थामा खाता खोली राखिने बचतलाई शिक्षा बचत भनिन्छ । यस्तो बचत लक्षित सन्तती वा आफ्नै उच्च शिक्षा हासिल गर्ने अवस्थामा वित्तीय चुनौति सामना गर्न नपरोस् भन्ने उद्देश्यले राखिन्छ । संस्थाले यस्ता बचतकर्ता सदस्यहरुलाई उच्च शिक्षाको लागि थप ऋण लगानी गर्ने प्राथमिकता निर्धारण गर्न सक्नेछ । यस्तो बचतमा एक पटकमा न्यूनतम रु..५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
धार्मिक यात्रा, धार्मिक पर्यटन वा तिर्थब्रतमा इच्छुक सदस्यहरुले लक्षित तिर्थाटनमा लाग्ने खर्च बन्दोबस्तीका लागि गर्ने बचतलाई तिर्थ बचत भनिनेछ । सदस्यहरुले धार्मिक पर्यटन वा तिर्थ यात्रा गरे वापत ऋणको बोझ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले संस्थाले यस्तो बचत सेवा सञ्चालन गर्नेछ । तिर्थ बचतमा सहभागि सदस्यहरुलाई सहभागितात्मक रुपमा धार्मिक पर्यटनमा लैजान संस्थाले यस सेवामा सहभागि सदस्यहरुको लागत सहभागिता रहने गरी संयोजन गर्न सक्नेछ । यस्तो बचतमा न्यूनतम रु.५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
कृषक लगायत मौसमी रुपमा आय आर्जन गर्ने सदस्यहरुले आफ्नो आयलाई व्यवस्थित गरी बाँकी अवधि सो आयबाट व्यवस्थित जीवनयापन गर्नुका साथै मौसमी लगानीलाई समेत व्यवस्थित गर्नको लागि गरिने बचतलाई मौसमी बचत भनिन्छ । यस्तो बचतमा न्यूनतम रु.५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
सदस्यहरुको वित्तीय सुरक्षाको लागि जोखिम व्यवस्थापन गर्न जीवन बीमालाई प्रोत्साहित साथै सहज र सरल बनाउन न्यून आय भएका सदस्यहरुलाई समेत व्यावसायीक बीमा योजनामा सहभागी गराउने उद्देश्यले बीमा प्रिमियम भुक्तानी प्रयोजनको लागि गरिने बचतलाई बीमा बचत भनिन्छ । यो बचतमा न्यूनतम रु.५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सक्नेछन्
सदस्यहरुका सन्तती, आश्रीत सदस्य वा आफ्नै सामाजिक कार्य जस्तै विवाह, कर्मकाण्ड, धार्मिक कार्य आदि व्यवस्थापनका लागि गरिने बचतलाई सामाजिक कार्य बचत भनिन्छ । सामाजिक संस्कारलाई व्यवस्थित एवं मितव्ययी बनाउन यस बचतलाई विशेष प्रोत्साहन दिईनेछ । यस्तो बचतमा न्यूनतम रु २०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
प्राविधिक उपकरणहरुको आवश्यकतालाई सहज रुपमा व्यवस्थापन एवं परिपूर्ति गर्नको लागि निश्चित उपकरणहरु कम्प्युटर, ल्यापटप, टी.भी., रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, लगायतका घरायसी प्रयोजनमा प्रयोग हुने उपकरणहरु खरिद गर्न सदस्यहरुले यस्तो बचत गर्न सक्नेछन् । यस्तो बचतमा न्यूनतम रु ५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
बैदेशिक रोजगारीमा जाने सदस्य वा निजका आश्रित सदस्यहरुले वैदेशिक रोजगारीमा आर्जित रकमको सही व्यवस्थापन गरी रोजगारीमा जाने व्यक्तिको आर्थिक जीवनलाई सुरक्षित पार्ने उद्देश्यले विदेशबाट प्राप्त रकम मार्फत गरिने बचतलाई रेमिट्यान्स बचत भनिन्छ । यस्तो बचतमा न्यूनतम रु.१००० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
सदस्यहरुको व्यस्त दैनिकीमा आफ्ना बिजुली, टेलिफोन, इन्टरनेट, रिचार्ज, विद्यालय शुल्क, खानेपानी आदी बीलहरुको दायित्व भुक्तानी प्रयोजनको लागी गरिने बचतलाई बील भुक्तानी बचत भनिन्छ । यस्तो बचतमा न्यूनतम रु.५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
आकस्मिक रुपमा आइपर्न सक्ने समस्या, बाढीपैरो, भुकम्प, अतिवृष्टि, अनावृष्टि आदीका कारणले सदस्यको जीवनमा आईपर्न सक्ने विपत्तीको सामना गर्न पूर्वतयारी स्वरुप राखिने बचतलाई प्राकृतिक विपत्ती राहत बचत भनिन्छ । यस्तो बचतमा न्यूनतम रु……….. देखि बढिमा रु.२०० सम्म बचत गर्न सकिनेछ । यस्तो बचतमा सदस्यले आफ्नो औषत मासिक कमाईको कम्तिमा ६ महिनाको आम्दानी बराबरको बचत रकम जम्मा गरी सुरक्षित महसुस गर्न सक्नेछन् ।
लघुवित्त कार्यक्रमा संचालन हुने वचत तथा व्याजदर लघुवित्त निति अनुसार संचालन हुने छ ।
क) समुह वचत
ख) व्यक्तिगत वचत
ग) शिक्षा तथा पेन्सन वचत
